सञ्जय साहको सजाय उल्ट्याइयो, जन्मकैदलाई सात वर्षमा झार्ने आदेश

दार्चुला । जनकपुरधामको रामानन्दचोकमा दश वर्ष अघि पाँच जनाको ज्यान जाने गरी भएको बम बिस्फोटको घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका सञ्जय साहको सजायलाई जनकपुर उच्च अदालतले उल्ट्याएको छ । उच्च अदालतले आइतबार राती जन्म कैदको सजायलाई उल्ट्याउँदै सात वर्षमा झार्ने फैसला सुनाएको हो ।

२०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै रामानन्द चोकमा बसेको धर्नाका क्रममा भएको बम विष्फोटमा पाँच जनाको ज्यान गएको थियो भने ३३ जना घाइते भएका थिए । उक्त घटनाको मुख्य योजनाकार सञ्जय साह टकला भएको ठहर गर्दै जिल्ला अदालत धनुषाले पूर्व सांसद समेत रहेका साहलाई जन्मकैदको सजाय सुनाएको थियो ।

हाल ललितपुरको नक्खु कारागारमा रहेका साहको मुद्धा जिल्ला अदालतबाट उच्च अदालतमा पुगेको थियो । उच्च अदालत जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीरबहादुर चन्दको संयुक्त इजलासले आइतबार राति जन्म कैदलाई घटाएर सात वर्षमा झार्ने फैसला गरेको हो ।

साहलाई जनकपुरकै सञ्चार उद्यमी अरुणकुमार सिंघानियाको हत्यामा पनि दोषी ठहर गरिएको छ । रामानन्दचोकको बमकाण्डपछि भारतमा लुक्दै आएका साहलाई प्रहरीले नयाँ दिल्लीबाट पक्राउ गरेर ल्याएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?