दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ६ सिरोडामा अवस्थित भैरबनाथ मन्दिरका लागि छ लाख मुल्य बराबरका मुर्ती ल्याइएको छ । भारतको जयपुरबाट ६ लाख मूल्य बराबरका मुर्तीहरु ल्याएर मन्दिरमा पुर्याइएको हो ।
स्थानीय चन्दादाता र देश विदेशमा बस्ने सहयोगी दाताहरुको आर्थिक सहयोगमा खरीद गरि मुर्तीहरु ल्याइएको हो । भारतबाट दार्चुला सदरमुकाम खलंगासम्म ल्याइएको थियो । खलंगाबाट बाजागाजासहित मन्दिरसम्म मुर्ती पुर्याइएको मन्दिरका भण्डारी गणेशसिंह खत्री र पतर्या मदन खत्रीलाई अद्धित गर्दै शिक्षक नबल खत्रीले जानकारी दिनुभयो । मन्दिरमा सोमबार नै पुर्याइएको भएपनि दशैंको अवसरमा मुर्तीहरुको पुजापाठ गर्ने तयारी छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया