दार्चुलामा ९ वटा भेडा बोकासहित चार जना नियन्त्रणमा

दार्चुला । महाकाली नदीमा भारतबाट नेपालतर्फ तार्दै गरेको अवस्थामा प्रहरीले अवैध ९ वटा भेडा र बोका सहित चार जनालाई नियन्त्रणमा लिएको छ । महाकाली नगरपालिका वडा नम्बर १ को सल्लेबगरमा बुधबार राती ११ बजे भारत पिथौरागढको धार्चुला गलाती भएर नेपालतर्फ तार्दै गरेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बोका सार्ने कार्यमा संग्लन चार जनामाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

दशैंका लागि महाकाली नदी भएर बोका नेपालतर्फ तार्दै गरेको सूचना पाए लगत्तै प्रहरी निरीक्षक माधव विश्वकर्मा नेतृत्वको टोलीले तीन बोका र ६ वटा भेडा बरामद गरेको बताइएको छ । बरामद गरिएका ९ वटै भेडा र बोका मरेका छन् । भारतबाट बिना अनुमती र परीक्षण पशुचौपायाको ओसारपसार गर्न प्रतिबन्ध गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?