दार्चुला । दार्चुला जिल्लाका बाढी पहिरो पीडित १७२ घरधुरीलाई राहत सामग्री वितरण गरिएको छ । टेवा नेपाल काठमाण्डौको आर्थिक सहयोगमा दलित महिला संघ दार्चुलाले ब्यास गाउँपालिका, मालिकार्जुन गाउँपालिका, दुहु गाँउपालिका र महाकाली नगरपालिकाका बाढी पिडितलाई राहत सामग्री बितरण गरेको हो ।
राहत सामग्रीमा चामल, दाल, तेल, च्युरा र साबुन वितरण गरिएको सामाजिक अभियन्ता आनसिंह लोहारले बताउनुभयो । राहत सामग्री वितरण गरी बाढी पीडितको घाउमा मलम लगाउने प्रयास गरेको युवा नेता दान सिंह विश्वकर्माले बताउनुभयो । उक्त राहत सामग्री नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य लक्ष्मी विकको पहलमा संकलन गरिएको बताइएको छ । गत साउन र भदौ महिनामा दार्चुलाको बिभिन्न ठाउँमा बाढी पहिरोमा परेर ७ जनाको मृत्यु भएको थियो भने, दर्जनौ घर परिवार बिस्थापीत भएका थिए ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया