दार्चुला । बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिएको छ । मन्दिर तथा शक्तिपीठहरुमा घटस्थापनाको दिनदेखि नै दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आरधाना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ ।
नबरात्राको अवसरमा लेकमका अधिकासं मन्दिर तथा शक्तिपीठहरुमा सामुहिक जमरा राखेर भक्तजनहरु नबरात्रा ब्रत बसेका छन् । मालिकार्जुन, लटिनाथ, हुनैनाथ लगायत देबी देवताका मन्दिर तथा शक्तिपीठहरुमा सामुहिक जमरा राखेर भक्तजनहरु नबरात्रा बसेका छन् । मालिकार्जुन मन्दिर मैखोली, लटिनाथ मन्दिर खर्क र जयपुर लगायत मन्दिरहरुमा घटस्थापनाको दिनमै नबरात्रा बसेका भक्तजनहरु पूजापाठ गरिरहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया