नयाँ दिल्ली भेटवार्ताः सीमा र तुइन प्रकरणबारे छलफल

दार्चुला । भारत भ्रमणमा रहेको सत्तारूढ नेपाली कांग्रेसका नेताहरूको टोली र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ। त्यस क्रममा दुई पक्षबीच सीमा विवाद समाधान र दार्चुला तुइन प्रकरणबारे छलफल भएको बताइएको छ। साथै कोरोना खोपका विषयमा पनि छलफल भएको टोलीमा सहभागी नेताहरूले बताएका छन्।

कांग्रेस प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्री एस जशंकरबीच शुक्रबार अपराह्न दिल्लीमा भेटवार्ता भएको हो। छलफलका क्रममा कांग्रेस टोलीले सीमा विवाद समाधानका लागि वार्ता थाल्न र तुइन प्रकरणबारे पुनः छानबिन गर्नुपर्ने कुरा उठाएको थियो। केही महिनाअघि महाकाली नदी तर्दै गर्दा भारतीय एसएसबीका जवानले तुइन काटिएदिएपछि दार्चुलाका जयसिंह धामी बेपत्ता छन्। कांग्रेस प्रतिनिधिमण्डलले गराएको ध्यानाकर्षणप्रति भारतीय विदेशमन्त्री एस जयशंकर सकारात्मक देखिएको दाबी गरिएको छ । यसअघि ठूलो दबाबपछि मात्रै नेपाल सरकारले उक्त घट्नाका बारेमा भारतलाई कुटनीतिक नोट पठाएको थियो । तर, एक महिना भइसक्दा पनि भारतले त्यसको कुनै रेस्पोन्स गरेको छैन ।

भारतीय विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘भारत आएको नेपाली कांग्रेसको प्रतिनिधिमण्डलसँग भेटवार्ता हुँदा निकै खुसी लाग्यो। प्रकाश महतजी र प्रतिनिधिमण्डलबीच भएको छलफलको सराहना गर्छु।’

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?