लेकमको चन्नौला र कोटमा टेलिकमको टावर थप्न पहल

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका दुई स्थानमा नेपाल टेलिकमको टावर थप गर्न पहल थालिएको छ । गाउँपालिकाका विभिन्न वडाहरुमा रहेको सञ्चार समस्या समाधान गर्न लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशी नेतृत्वको टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर टावर थप गर्न अनुरोध गरेको हो ।

भएका टावरहरुको सेवा सुधार गर्न र लेकम गाउँपालिका वडा नम्बर ३ को कोट र वडा नम्बर ५ को चन्नौलामा थप टावर राख्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्याललाई भेटेर डेलिगेसन बुझाइएको अध्यक्ष जोशीले जानकारी दिनुभयो । जवाफमा सचिव अर्यालले भएका टावरहरुको छिट्टै स्तरोन्नती गर्ने र नेपाल टेलिकमको नयाँ टावर समेत थप गर्ने प्रतिबद्धता व्यक्त गरेको उहाँले बताउनुभयो । लेकममा कैनोडा तितेकाँडा र उचाकोट गरेर दुई वटा टावर भएपनि राम्रोसंग काम गर्ने गरेको छैन् । टावरसम्म विद्युतिकरण नहुदा विद्युत अभावमा टावरहरुले राम्रोसंग काम नगरेको टेलिकमले जनाएको छ । उचाकोटमा विद्युत पुगिसकेको र तितेकाडामा समेत यसै वर्षभित्र विद्युत विस्तार गरिने गाउँपालिका अध्यक्ष जोशीको भनाई छ ।

बादल लागेको र रातीको समयमा फोनमा कुरा गर्न समेत लेकमको अधिकासं ठाउँमा टेलिफोन लाइनले काम नगर्ने समस्या छ । अत्यावश्यक काम परेको बेला टेलिफोनमा कुरा गर्न समेत नपाएको र सञ्चारको युगमा इन्टरनेटको पहुँचबाट बाहिर रहेर सञ्चारविहिन हुनुपर्ने अवस्था रहेको लेकमवासी सेवाग्राहीको गुनासो छ । सबै क्षेत्रमा फोर जी नेटवर्कसहित टेलिकमको सेवा सुधार गर्न मन्त्रालयलाई अनुरोध गरिएको र छिट्टै सेवा सुधार गर्ने आश्वासन प्राप्त भएको गाउँपालिका उपाध्यक्ष मावधी जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?