दार्चुला । दैलेखमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । नौ जना घाइते भएका छन् । सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको ना ६ ख ९२२ नम्बरको यात्रुवाहक बस दैलेखको दुल्लु नगरपालिका १ मा पर्ने दरबारे भीर नजिक दुर्घटना हुँदा अछाम पञ्चदेवल नगरपालिका–९ का ७४ वर्षीय भक्तबहादुर शाहीको ज्यान गएको हो ।
गएराति ब्रेक फेल भएर बस सडकको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिनुभयो । तल्लोडुङ्गेश्वर प्रहरी चौकीको टोलीले दुर्घटनामा घाइते भएका ९ जनालाई गएराति नै स्थानीय मेडिकलमा उपचार गराएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक नेत्र बुढाले बताउनुभयो ।
बसका यात्रुहरुले भने अलपत्र पारिएको भन्दै प्रदर्शन गरेका छन् । यात्रुहरुलाई वैकल्पिक गाडीको प्रबन्ध गरी गन्तव्यसम्म पुर्याउन पहल भइरहेको जिल्ला प्रहरी दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया