दार्चुला । पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज दिउँसो दुर्घटना भएको छ । पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको जीप दिउँसो २ः०० बजेको समयमा अन्नपूर्ण–१० मा रहेको कलाभीर भन्ने ठाउँमा सडकबाट झन्डै एक सय १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जीपमा चालकसहित १० यात्रु सवार रहेका र आठ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । स्थानीयवासीका अनुसार एक जनाको उद्धार गरिएको र धेरैजासोको ज्यान गएको छ । एक जनाको उद्धार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले दुर्घटनाको जानकारीपछि प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘दुर्घटनामा परेर केहीको ज्यान गएको भन्ने जानकारी आएको छ, हामी घटनास्थलतर्फ जाँदैँछौँ, अस्पताल ल्याएपछि मात्र अवस्था थाहा होला ।’ घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
स्थानीय प्रहरी तथा स्थानीयवासीले घाइतेको उद्धार गरी अस्पताल ल्याउँदै गरेको अन्नपूर्ण–११ का वडाध्यक्ष हिम गुरुङले जानकारी दिनुभयो । जीप रिजर्भ गरेर घुम्नका लागि आएका पर्यटक दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया