लेकम गाउँपालिकामा कांग्रेशको पार्टी कार्यालय उद्घाटन

दार्चुला । लेकम गाउँपालिकामा नेपाली कांग्रेशको पार्टी कार्यालय उद्घाटन गरिएको छ । लेकम गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष तथा नेपाली कांग्रेश गाउँकार्य समिति सभापति कमलापती मिश्रको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच गाउँपालिकाको केन्द्र रातामाटामा पार्टी कार्यालय उद्घाटन गरिएको हो ।

कांग्रेशको लेकम गाउँ कार्यसमितिको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा डक्टर अक्कलदेब मिश्रको प्रमुख आतिथ्यता रहेको थियो । नेपाली कांग्रेश लेकम गाउँपालिकाका बरिष्ट नेता उत्तम नाथ, लेकम गाउँपालिका उपसभापति दौलत सिंह साउद, लेकम गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष महेन्द्रराज जोशी, गाउँकार्यसमितिका पदाधिकारीहरुसहित कांग्रेशका स्थानीय नेता कार्यक्रताहरुको उपस्थित रहेको थियो । पार्टी कार्यालय उद्घाटन कार्यक्रमसंगै घर आगनमा पाइला टेक्दै गरेको दशैं पर्वको शुभकामना आदानप्रदान र पार्टीको अगामी कार्ययोजनाबारे समेत छलफल भएको कांग्रेश लेकम गाउँकार्यसमिति सचिव शिवराज जोशीले जानकारी दिनुभयो ।

No description available.

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?