दार्चुला । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शैल्यशिखर नगरपालिकाको नगरकार्य समिति चयन गरिएको छ । सोमवार स्वामी रामानन्द सरस्वतीको अध्यक्षतामा राप्रपाको शैल्यशिखर नगर कार्य समिति चयनका साथै पार्टी कार्यालय उद्घाटन गरिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा गोकर्ण सिह साउँद, विष्णु बिष्ट, सचिवमा नारा देवी जोशी, सहसचिवमा किशोर राज विष्ट, कोषाध्यक्षमा कम्मान सिहं साउँद, सहकोषाध्यक्षमा नारायण सिंह विष्टसहित २३ सदस्यीय नगर कार्य समिति चयन गरिएको राप्रपा जिल्ला सचिव अमर पुरुषले जानकारी दिनुभयो । शैल्यशिखरको वडा नम्बर ९ गोकुलेश्वरमा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीको संगठनलाई बलियो बनाउन आफूले संगठन विस्तारमा जोड दिने अध्यक्ष स्वामी रामानन्द सरस्वतीले बताउनुभयो उहाँको भनाई छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी शैल्यशिखर नगर कार्य समितिको आयोजनामा पार्टी कार्यालय उद्घाटन र नगरकार्यसमिति पुर्नगठन गरिएको छ। यो भन्दा पहिला दार्चुला सदरमुकाम खलंगामा मात्र पार्टी कार्यालय रहेकोमा अबदेखी शैल्यशिखर नगर समितिको कार्यालय गोकुलेश्वरमा रहने गरि स्थापना गरिएको उहाँले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया