दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जोलजिविमा जिपिएल क्रिकेट प्रतियोगिता उद्घाटन भएको छ । त्रिवेणी धाम पर्यटन युवा क्लवले आयोजना गरेको जिपिएल खुल्ला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सभा सदस्य गेल्बुसिह बोहराले उद्घाटन गर्नुभएको हो ।
जोलजिविको घोडेवगड खेल मैदानमा सञ्चालन गरिएको क्रकेट प्रतियोगिताको सोमबार उद्धघाटन गरिएको हो । जिपिएलको विजेता हुने टिमले नगद १ लाख ११ हजार १११ रुपैया सहित जिपिएल ट्रफि उचाल्ने छ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैया ट्रफी, मेडेल र प्रमाणपत्र प्राप्त गर्नेछ । सास्कृतिक कार्यक्रममा मोडेल तथा नृत्यकारहरुको समेत प्रस्तुती रहने त्रिवेणी धाम पर्यटन युवा क्लवका अध्यक्ष बहादुरसिंह खत्रीले बताउनुभयो ।







विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया