बस दुर्घटनामा २२ जनाको मृत्यु, घाइतेको उद्धार हुँदै

दार्चुला । मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। २२ जनाको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । ‘बस क्षतविक्षप्त अवस्थामा छ। २२ जनाको मृत्यु भएको खबर छ’, उहाँले भन्नुभयो ।

मंगलबार दिउँसो अन्दाजी साढे १ बजे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस दुर्घटना भएको हो। सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बस सडकबाट दुई सय मिटर तल खसेको प्रहरी निरीक्षक जीवन लामिछानेले बताउनुभयो । कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार गाडीमा ३९ जना सवार थिए। घाइतेहरूलाई दुर्घटनास्थलबाट निकाल्दै अस्पताल लैजाने काम भइरहेको छ ।

अहिले घाइतेको उद्दार गरिरहेको छ। हेलिकप्टर बोलाइएको छ। पूर्ण विवरण आउन बाँकी छ। उद्दारको लागि सशस्त्र, नेपाल प्रहरी, स्थानीयबासी खटिएका छन्। दुर्घटनामा परेकाहरूको उद्दार गरी अस्पताल लगिँदै गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

आधा भन्दा बढीलाई अस्पताल पुर्‍याउने क्रम जारी छ। घाइतेहरूको संख्या धेरै छ। मृत्युको खबर जिल्ला अस्पतालले प्रमाणित गर्ला उहाँले भन्नुभयो, दुर्घटना सिरियस देखिएको छ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?