सकेसम्म साइतमा दशैं टीका, नभ्याए जुनबेला लगाउँदा पनि हुन्छ

दार्चुला । जसरी घटस्थापना गर्नको लागि शुभ समयको अति आवश्यक छ, विजयादशमीको दिन टीका लगाउन पनि यसैगरी शुभ समयको आवश्यक पर्छ । घटस्थापनाको शुभसाइत ११ बजेर ४६ मिनेटमा तोकिएको थियो । त्यस्तै देवी विसर्जनको लागि पनि त्यो उत्तम समय अति महत्त्वपूर्ण हुन्छ । त्यो भनेको टीकाको दिन बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्ने हो।

साइत भनेको राम्रो समय हो । जे काम गर्नका लागि पनि राम्रो समयबाट सुरु गर्यो भने त्यसको फल राम्रो हुन्छ भनेर भनिएको हो । सुरुवात गर्नको लागि सबैभन्दा राम्रो समय भनेर पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको समय बिहान १० बजेर ०२ मिनेट हो । तर, त्यो समयमा भ्याइएन भने साइत गयो टीका लगाउन हुँदैन भन्ने छैन । देवीको प्रसाद मान्यजनको हातबाट आशीर्वचन साथमा टीका लगाउने हुनाले जहिले पनि गर्न सकिन्छ । तर, सबैभन्दा पहिले सुरु गर्नको लागि राम्रो समय भनेको १०ः०२ मिनेट मा रहेको ज्योतिष सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो ।

त्यो भ्याइएन भने दिनभरि, राति सुत्नु अगाडि पनि लगाउन सकिन्छ । हाम्रो पूर्णिमाको दिनसम्म पनि टीका लगाउने चलन छ । माइती, मावली, ससुराल सबैतिर यता, त्यता जाँदा अर्कै उत्साह हुन्छ । एकैदिन एउटै समयमा त सम्भव छैनन् ।

पूर्णिमा नभइ दशैँ सकिँदैन । देवीको आराधना चाहिँ नवरात्र सकिएपछि सकिन्छ । त्यही प्रसाद पछि लगाउने हो । यदि विजयादशमीको दिन बिहान १० बजेर ०२ मिनेटमा टीका लगाउन भ्याइएन भने जतिखेर लगाए पनि केही फरक पर्दैन ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?