वर्षा घट्ने सम्भावना, जाेखिम कायमै

दार्चुला । मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागबाट नेपालको दक्षिणतर्फ सरे पनि देशभर बदली र वर्षा कायमै छ तर पूर्र्वी भेगमा न्यून चापीय रेखा नेपाल नजिक नै रहेको छ ।

सोही न्यून चापीय रेखाका कारण बुधबार मध्य क्षेत्रमा कम वर्षा भए पनि गण्डकी र प्रदेश ५ का विभिन्न भेगमा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिन प्रदेश १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । अन्यत्र केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।

“पानी केही कम पर्ने हो तर पर्दै नपर्ने होइन, काठमाडौँमा दिउँसो घाम लाग्यो तर राति पानी पर्ने सम्भावना छ,” मौसमविद् शान्ति कँडेलले भन्नुभयो । अबका दिनमा लगातार अविरल वर्षा हुने लक्षण नरहे पनि बाढी आएका खोलामा पौडी खेल्ने, माछा मार्ने, नजिक गएर हेर्ने, पुलमाथि बसेर पहिरोले थिलथिलो बनाएको सडकमा यात्रा गर्ने लगायतका गतिविधि नगर्न उहाँले सचेत गराउनुभयो ।

लगातारको वर्षाले गलेको माटोमा माथिल्लो भेगमा परेको पानीले आकस्मिक बाढी र पहिरो आउने खतरा कायमै छ । त्यसैले अब प्राकृतिक विपद् ट¥यो भन्ने अवस्था नआइसकेको उहाँले बताउनुभयो । अझै पनि पूर्वतयारीको खाँचो कायमै रहेको भन्दै उहाँले सतर्क रहनुपर्नेमा जोड दिनुभयो ।

नदी तटीय क्षेत्रका गतिविधि तत्काल सुचारु नगर्न महाशाखाले अपिल गरेको छ । विगत २४ घण्टामा प्राकृतिक विपद्मा परेर छ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?