दार्चुला । नेपाल सरकारका कानून, न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू मन्त्रीको कार्यभार सम्हालेपछि कार्यकर्ता भेटघाटका लागि पहिलो पटक गृह जिल्ला दार्चुला आउँदैछन् ।
मन्त्री बडू कात्तिक २ गते शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर पुग्ने र ४ गते दार्चुलाबाट फर्किने कार्यतालिका रहेको उहाँको सचिवालयले जनाएको छ । जिल्लामा रहदा मन्त्री बडूले कांग्रेस कार्यकर्ताहरुसंग भेटघाट गर्ने लगायत कार्यक्रम रहेको बताइएको छ । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा बडूसहित नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले यहि असोज २२ गते शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया