दार्चुला । नेपाल सरकारका कानून, न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू आज बैतडी आइपुग्दै हुनुहुन्छ । जिल्ला सदरमुकाम गोठलापानीमा हुने कांग्रेसको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा मन्त्री बडू सहभागी हुने बताइएको छ ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री बडूले दशरथचन्द नगर कार्यसमतिद्धारा आयोजीत कार्यक्रममा सम्बोधन गर्ने नगर सभापती भुवन राज भट्टले बताउनुभयो । कार्यक्रममा सहभागीताका लागी कांग्रेस नेता कार्यकर्ता तथा पार्टीका सुभेच्छुक ब्यक्तिहरुलाई आग्रह गरिएको छ ।
कार्यक्रम गोठलापानीमा रहेको जगन्नाथ बहुमुखी क्याम्पसमा आयोजना गरिने पार्टीका जिल्ला उप–सभापती चतुरबहादुर चन्दले बताउनुभयो । यसअघि पाटनमा पनी कार्यक्रम हुने भनिएकोमा पाटनको कार्यक्रम तत्कालका लागी स्थगीत गरिएको उहाँले बताउनुभयो । मन्त्री बडू मंगलबार दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वर हुँदै खलंगा जाने कार्यक्रम छ ।
नेपाल सरकारका कानून, न्याय तथा संसदिय मामिला मन्त्री समेत रहनुभएका कांग्रेश नेता दिलेन्द्रप्रसाद बडू मन्त्रीको कार्यभार सम्हालेपछि कार्यकर्ता भेटघाटका लागि पहिलो पटक गृह जिल्ला दार्चुला आउँदै हुनुहुन्छ । मन्त्री बडू कात्तिक २ गते शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर पुग्ने र ४ गते दार्चुलाबाट फर्किने कार्यतालिका रहेको उहाँको सचिवालयले जनाएको छ ।
कार्तिक २ गते विहान १० बजे मन्त्री बडूको उपस्थितिमा बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिने शैल्यशिखर कांग्रेशका युवा नेता जगदिश बिष्टले जानकारी दिनुभयो । उक्त कार्यक्रममा कांग्रेश नेता, कार्यकर्ता तथा शुभचिन्तक सबैको उपस्थितिका लागि अनुरोध गरिएको छ । जिल्लामा रहदा मन्त्री बडूले कांग्रेस कार्यकर्ताहरुसंग भेटघाट गर्ने, कार्यालय प्रमुखहरुसंग छलफल गर्ने लगायत कार्यक्रम रहेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया