दार्चुलामा अन्नबाली र काटेर सुकाएको खरमा वर्षाले क्षती

दार्चुला । वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको मकै र धान बालीमा क्षति पुगेको छ । धानलाई वर्षाले झार्नुका साथै बोटसमेत ढलेको छ । दार्चुलाको लेकम क्षेत्रमा अधिकासंले अन्नबाली भित्र्याइसकेको भएपनि मार्मा र दुहुँ क्षेत्रमा किसानहरुले आज भोली अन्नबाली भित्र्याइरहेका छन् । भित्र्याउने समयमा पानीले क्षति पुर्याइदिएपछि किसानहरु चिन्तित बनेका छन् । अन्नबालीका साथै भिरपाखा (फागाला) मा काटेर सुकाएको खर समेत बर्षाले कुहिन थालेको छ ।

बर्षभरी मेहनत गरेर फलाएको अन्नबाली बर्षाले क्षती गरेपछि किसानहरु चिन्तित बनेका हुन् । यो बर्ष विगतको भन्दा उत्पादन राम्रो भएपनि समय समयमा भएको बर्षाका कारण खेतबारीमै क्षती बढी भएको मार्माका किसान सकुन्तला धामीले बताउनुभयो । लेकम क्षेत्रमा अन्नबाली भित्र्याएर गहुँ, जौँ छर्ने तयारी गरिरहेका किसानहरुले समेत बर्षाका कारण खेतमा काम गर्न बाँधा पुगेको बताएका छन् ।

यसैबिच आइतबार रातिदेखि भएको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडक हिलाम्यै भएका र दसैँका लागि घरआएका व्यक्ति कार्यक्षेत्रमा फर्किन समस्या भएको लेकम गाउँपालिकाका स्थानीय दिपक जोशीले बताउनुभयो । बर्षाका कारण सडक हिलाम्य भएपनि कच्ची सडकमा यातायातका साधनहरु चल्न सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?