दार्चुला । प्रधानमन्त्री शेर बहादुर देउवा बाढी प्रभावित क्षेत्र बैतडीको सिगास गाउँपालिका ५ ढुंगाड पुगेर फर्किनुभएको छ । गत आइतबार देखीको आविरल बर्षाले सेति नदिमा आएको बाढी प्रभावित क्षेत्र ढुंगाडको स्थलगत भ्रमण पछि देउवा डडेल्धुरा प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रको हेलिकप्टरबाटै अनुगमन गर्नुभएको छ । आकासमा तिन चक्कर लगाएर पभावित क्षेत्र गरेका प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रका व्यक्तिहरु संग भेट गरी डडेल्धुरा प्रस्थान गर्नुभएको हो । यसअघि विहिबार विहान नै डोटी र बझांगमा समेत प्रधानमन्त्रीले हवाइ निरीक्षण गर्नुभएको छ । देवाले करिब २० मिनेट जति स्थानियबासीहरुसंग भेटेको स्थानीय घनस्याम धामीले बताउनुभयो । प्रधानमन्त्री ज्युले बढीमा ३ मिनेट सम्बोधन गर्नुभयो, उहाँले भन्नुभयो, हाम्रा समस्याका बिषयमा केहि व्यवस्था गरिसकेको र केहि अब गर्ने कुरा राख्नुभयो । अन्य जिल्लामा पनि कार्यक्रम रहेको भन्दै फकिएनुभयो ।’ प्रधानमन्त्री देउवालाई ढुंगाडबासीले आफ्ना समस्याहरु बारे ज्ञापनपत्र समेत बुझाएका छन् ।
बर्षाका कारण सेति नदीमा बाढी आएपछि सिगास ५ ढुंगाडका करिब २ सय रोपनि धान खेत बगरमा परिणत भएको छ भने, ५ घर भत्कीएका छन् । बाढीले गाउँ नै घेरेपछि २ दिनसम्म स्थानीयबासीहरु टापुमा अड्किएका थिए । अहिले उनिहरुको घरमा गासबासको समस्या भएको छ ।
यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले बझाङको पहिरो प्रभावित क्षेत्रको हवाई निरीक्षण गर्नुभएको छ । पहिरोबाट भएको क्षति बुझ्न बझाङ पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा थलारा गाउँपालिका–४ स्थित प्रभावित क्षेत्रको हवाई निरीक्षण गरी फर्किनुभएको हो । बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा र पर्यटनमन्त्री प्रेम आलेबाट हवाई निरीक्षण मात्रै भएको बताउनुभयो ।
पहिरो गएको क्षेत्रमा प्राविधिक कारणले हेलिकोप्टर अवतरण हुन नसकेको बताइएको छ। स्थानीय शिक्षक मदन साउदका अनुसार थलारामा पहिरो पीडितहरु भने प्रधानमन्त्री देउवा कुरिरहेका थिए। ‘थलारा पुगेर प्रधानमन्त्रीले राहत घोषणा गर्ने आशा थियो,’ उहाँले भन्नुभयो, ‘यहाँ हेलिप्याड पनि बनाइएको थियो। तर हवाई निरीक्षण मात्रै गरेर प्रधानमन्त्री फर्केपछि थलरावासी निराश भएका छन्।’
चैनपुरमा भने जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले प्रधानमन्त्री देउवालाई क्षतिका बारेमा ब्रिफिङ गरेका थिए। देउवाले बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकलाई उचित राहत र जोखिममा परेका घरपरिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न जिल्लाका सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन्। बझाङमा गएको पहिरोमा परी हालसम्म ८ जनाले ज्यान गुमाइसेका छन् भने २१ जनाको अवस्था अझै अज्ञात रहेको छ। प्रधानमन्त्री देउवा बझाङपछि बैतडी निरीक्षण गरे गृहजिल्ला डडेल्धुरा पुग्नुभएको छ । डडेल्धुरापछि कञ्चनपुरमा निरीक्षण गरेर आज धनगढी बस्ने कार्यक्रम छ। उनले आजै डोटीमा पनि प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको थियो ।
सम्बन्धित समाचार: बाढीपहिरोले सुदूरपश्चिमका ३१ सहित ९९ जनाको मृत्यु, ४० जना बेपत्ता, ३५ जना घाइते
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया