अपिहिमालले खरिद गर्यो एम्बुलेन्स, सडक मर्मतको काम हुँदै

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ । १० लाख ८० हजार बजेटमा एम्बुलेन्स खरिद गरेर एक हप्ता पहिले धनगढी आइपुगेको र आवश्यक मेन्टिनेन्सको काम सकेर गाउँपालिका ल्याउने तयारी भइरहेको अपिहिमाल गाउँपालिकाले जनाएको छ । एम्बुलेन्स तयार गरेर अपिहिमालसम्म पुर्याउन झण्डै १४ लाख खर्च हुने बताइएको छ ।

नेपाल सरकारद्धारा राजश्व छुट प्राप्त एम्बुलेन्स खरिद गर्नका लागि अपिहिमाल गाउँपालिकाले गत बर्ष बजेट विनियोजन गरेको थियो । गाउँपालिकाकै बजेटमा गाउँपालिकावासीको सहजताका लागि एम्बुलेन्स खरिद गरिएको र सडक बिस्तार तथा सुधारमा समेत पहल भइरहेको अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिनुभयो । भगौलिक बिकटता र बजेट अभावको कारण गाउँपालिकाको केन्द्रसम्म अझै सडक पुगेको छैन, अध्यक्ष मन्यालले भन्नुभयो, बनेको सडक समेत जोखिमयुक्त भएकोले सडक स्तरोन्नती र बिस्तारका लागि सरोकारवाला कार्यालयहरुलाई झकझक्याइरहेका छौँ । बिरामीहरुलाई स्टेचरमा बोकेर अस्पतालसम्म पुर्याउनुपर्ने बाध्यताको अन्त्य गर्न एम्बुलेन्स खरिद गरिएको उहाँको भनाई छ ।

अहिले अपिहिमालको मकरीगाडसम्म सडक विस्तार भएको छ । ओखल र तिम्ला क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएकोले अपिहिमालवासीले सास्ती भोग्न बाध्य छन् । मकरीगाडसम्मको सडक मर्मत गरेर सञ्चालन गर्नुका साथै गाउँपालिकाको केन्द्र जोड्ने गरी सडक विस्तारको काम छिटो गर्नुपर्ने स्थानीयको माग छ । ओखलदेखी मकरीगाडसम्मको सडक छिटो खुलाउन सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी र प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरिएको बताउदै गाउँपालिका अध्यक्ष मन्यालले छिटै सडक निर्माणको काम शुरु हुने जवाफ पाएको बताउनुभयो ।

असोज २३ गते बसेको सरोकारवालाहरुको बैठकले असोज ३१ गतेदेखि सडक निर्माणको काम शुरु गर्ने निर्णय गरेको भएपनि ठेकेदार अझै फिल्डमा नपुगेको गुनासो छ । एक गतेदेखि नै सडक निर्माणका लागि जान खोजेपनि बर्षाका कारण अवरोध भएको भन्दै शुक्रबार (आज) देखि नै पारिबगर मकरीगाड सडकमा मर्मत र निर्माणको काम शुरु गर्ने तयारी रहेको सडक डिभिजन कार्यालयबाट जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जानकारी दिनुभयो । आजदेखि नै सडकमा काम शुरु हुने उहाँको भनाई छ ।

सडक अवरुद्ध हुदा अपिहिमाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । खाद्यान्न उत्पादन न्यून भएको र खाद्य संस्थानको चामल ढुवानी गर्न सडक अवरुद्ध भएकोले समस्या सिर्जना भएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालको भनाई छ । ओखलबाट मान्छे वा खच्चरमार्फत चामल ढुवानी गर्न निकै महगों पर्ने भएकोले मकरीगाडसम्मको सडक छिटो खुलाउन पहल भइरहेको उहाँको भनाई छ । गाउँपालिकाको बजेटले उक्त सडक निर्माण गर्न सम्भव नभएको र संघीय सरकारले समेत प्रयाप्त बजेट विनियोजन नगर्दा सडक निर्माणले गति लिन नसकेको जनप्रतिनिधिहरु बताउछन् ।

अपिहिमाल गाउँपालिका जोड्ने एकमात्र बिटुले पारिबगर खण्डेश्वरी सडक निर्माणका लागि चालु आर्थिक बर्षको बजेटमा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाको सिफारिसमा विनियोजन भएको बजेट समेत बर्तमान सरकारले कटौती गरेको गुनासो छ । नेकपा एमाले नेतृत्वको सरकारले प्रतक्ष निर्वाचित सासंदहरुको सिफारिसमा प्रतेक निर्वाचन क्षेत्रमा एक एक वटा सडक निर्माण गर्ने कार्यक्रम ल्याएकोमा बर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत उक्त योजना हटाएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?