एमाले दार्चुलाद्धारा बाढीपहिरो पीडितलाई राहत वितरण, पूर्वमन्त्रीको भेटघाट (फोटोफिचर)

दार्चुला । नेकपा एमाले दार्चुलाले दार्चुलाका बाढीपहिरो पीडितहरुसंग भेटघाट र राहत वितरण अभियान थालेको छ । शनिबार पूर्वमन्त्री, नेकपा एमालेका नेता एबं प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले पार्टीको तर्फबाट महाकाली नगरपालिका वडा नम्बर १ श्रीबगड र दुहुँ गाउँपालिका वडा नम्बर ३ का बाढीपहिरो पीडितसंग भेटघाट गर्नुका साथै राहत वितरण गर्नुभएको हो ।

नेकपा एमाले जिल्ला कमिटी दार्चुलाले बाढी पहिरोमा परी ज्यान गुमाएका मृतक परिवारलाई नगद ५ हजार, घर पूर्ण क्षति भएका परिवारलाई ५ हजार र जग्गा बगेको तथा पहिरोले पुरिएकोे पीडित परिवारलाई दुई हजारका दरले राहत वितरण गरेको हो । मृतक हरक सिंह कार्की र शेरसिंह कार्की दाजुभाईको परिवारलाई ५÷५ हजारका दरले दुबै दाजुभाईका धर्मपत्नीलाई एमालेले राहत रकम उपलब्ध गराएको छ । त्यस्तै पूर्ण घर क्षति भएका दिपक बम, धिर बहादुर बम, नरेन्द्र बम, पूर्ण बहादुर बम, डम्बर बहादुर बम, देव बहादुर बम, सुन्दर बहादुर बम, जीत बहादुर बम, पार्वती बम लगायतको ९ परिवारलाई पनि ५/५ हजार राहत रकम उपलब्ध गराएको छ । त्यस्तै अन्य जग्गा बगाएको, घट्ट बगाएको तथा पहिरोले पुरिएका ३४ परिवारलाई दुई हजारका दरले राहत रकम वितरण गरेको छ । एमाले दार्चुलाका अनुसार श्रीबगडका ४५ परिवारलाई १ लाख २५ हजार बढी नगद राहत वितरण गरिएको हो । कार्तिक १० गते दुहुँ गाउँपालिकाका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रम रहेको नेता ठगुन्नाले बताउनुभयो ।

यो सानो रकमले केही हुदैन, नेता ठगुन्नाले भन्नुभयो, तैपनि पार्टीका तर्फबाट पीडित दाजुभाईदिदिबहिनीहरुलाई सद्भाव व्यक्त गरिएको हो, थप सहयोग गर्दै जान्छौँ, धैर्य गर्नुहोला’ यहाँहरुको पीडामा मलम लगाउन हाम्रो पार्टीले प्रयास गर्ने छ । संघीय, प्रदेश र स्थानीय सरकारले पनि पीडितहरुलाई राहत वितरण गर्नुपर्ने उहाँको भनाई छ । एमालेको सरकार भएकै बेला घर भत्केकाहरुको घर सरकारले बनाइदिने र मृतकलाई राहत दिने निर्णय भएकोले उक्त निर्णयलाई वर्तमान सरकारले समेत निरन्तरता दिनुपर्ने पूर्वमन्त्री ठगुन्नाले धारणा राख्नुभयो । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले मन्त्री पद सम्हालेपछि पहिलो पटक गृहजिल्ला आएका बेला समेत बाढी पीडितहरुसंग भेटघाट नगरेको भन्दै पीडित परिवारले गुनासो गरेका छन् ।

नेकपा एमालेको भातृ संगठन युथ फोर्स र युवा संघ नेपालका तर्फबाट पनि मृतक परिवारलाई ३ हजारका दरले आर्थिक सहयोग गरिएको युवा संघ नेपाल दार्चुलाका उपाध्यक्ष पुस्कर कार्कीले बताउनुभयो । दुबै भातृ संगठनले संयुक्त रुपमा बाढीपहिरो पीडित ४५ परिवारलाई लुगा कपडा वितरण गरेको छ ।

नेकपा एमाले दार्चुला र एमालेको भातृ संगठन युवा संघले बाढीपहिरो पीडितलाई सान्वना स्वरुप राहत वितरण गरेको हो । आर्थिक सहयोग वितरण कार्यक्रमका नेता ठगुन्नाले पीडित परिवारहरुसंग भेटघाट गरि आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको छ । बाढीपहिरो पीडितहरुले परिवार पाल्नका लागि सहयोग गर्न नेता ठगुन्नालाई अनुरोध गरेका छन् । 

कोरोनाका कारण लामो समय अस्पताल भर्ना हुनुपरेकोले विपद्को समयमा जनताको बिचमा आउन नसकेकोमा क्षमा माग्दै नेता ठगुन्नाले एमाले सधै जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेता ठगुन्नाले बाढी पहिरोले पुर्याएको क्षती, दार्चुला-तिकंर सडकको अवस्था र बाढीले बगाएको पुल तथा घरहरुको अवस्थाबारे समेत स्थलगत निरीक्षण गर्नुभएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?