दार्चुला । नेकपा एमाले दार्चुलाले जिल्ला अधिवेसन र केन्द्रिय महाधिवेसनको पुर्वसन्ध्यामा जिल्लाभरीका वडा र पालिकाहरुको अधिवेसन सम्पन्न गर्दैछ । नौँ वटै स्थानीय तहका विभिन्न वडाहरुमा नेतृत्व चयन गर्दै शनिबार अधिवेसन सम्पन्न भएको एमाले दार्चुलाले जनाएको छ ।
लेकम गाउँपालिकाका छ वटा वडाहरुमध्ये तीन वटा वडामा शनिबार अधिवेसन सम्पन्न भएको एमाले जिल्ला कमिटी सचिवालय सदस्य परमानन्द जोशीले जानकारी दिनुभयो । लेकमको वडा नम्बर ३, ४ र ५ मा नेतृत्व चयन गर्दै अधिवेसन सम्पन्न भएको हो ।
वडा नम्बर ३ मा रमेशप्रसाद भट्टको अध्यक्षतामा ३१ सदस्यिय वडा कमिटी चयन गरिएको छ । उक्त कार्यक्रममा नेकपा एमाले दार्चुलाका जिल्ला कमिटी सदस्य सुरेशसिंह थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
वडा नम्बर ४ मा डम्बरबहादुर पालको अध्यक्षतामा ३१ सदस्यिय कमिटी चयन गरिएको अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य कल्पना पालले जानकारी दिनुभयो । वडा नम्बर ४ को वडाअधिवेसनमा एमाले नेता एबं प्रदेशसभा सदस्य गेल्बुसिह बोहराको प्रमुख आतिथ्यता र जिल्ला कमिटी सदस्य अम्बादत्त जोशी (आशा) को विशिष्ट आतिथ्यता रहेको थियो ।
वडा नम्बर ५ मा केशवदत्त जोशीको अध्यक्षतामा ३१ सदस्यिय वडा कमिटी गठन गरिएको छ । लेकम गाउँपालिका इन्चार्ज एबं जिल्ला कमिटी सचिवालय सदस्य परमानन्द जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेसनमा विशिष्ट अतिथि कमलसिह धामी रहनुभएको थियो । वडा अधिवेसनकै क्रममा सल्लाहकार समिति र विभिन्न भातृ संगठनहरुको समेत चयन गरिएको छ ।
लेकम गाउँपालिका वडा नम्बर २ मा कार्तिक ७ गते आइतबार, वडा नम्बर १ मा कार्तिक ८ गते सोमबार र वडा नम्बर ६ मा कार्तिक ९ गते मंगलबार वडा अधिवेसन आयोजना गरिएको नेकपा एमाले लेकम गाउँकमिटीले जनाएको छ ।
अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहेका छन । एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ । जिल्ला अधिवेसन मंसिर ६ र ७ गते जिल्ला सदरमुकाम खलंगामा आयोजना गर्ने निर्णय भएको र जिल्ला अधिबेसन आयोजक कमिटीको बैठक कार्तिक २२ गते खलंगामा बस्ने निर्णय गरिएको नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख बडालले बताउनुभयो । वडा र पालिका अधिवेसन सम्पन्न गर्नका लागि एमालेले सबै स्थानीय तहमा नेताहरु परिचालन गरेको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया