दार्चुला । नेकपा एमाले दार्चुलाले जिल्ला अधिवेसन र केन्द्रिय महाधिवेसनको पुर्वसन्ध्यामा जिल्लाभरीका वडा र पालिकाहरुको अधिवेसन सम्पन्न गर्दैछ । नौँ वटै स्थानीय तहका विभिन्न वडाहरुमा शनिबारदेखि नेतृत्व चयन गर्दै वडा अधिवेसनको आयोजना भइरहेको एमाले दार्चुलाले जनाएको छ ।
लेकम गाउँपालिकाका छ वटा वडाहरुमध्ये शनिबार तीन वटा वडामा र आइतबार एउटा वडामा अधिवेसन सम्पन्न भएको छ । आइतबार वडा नम्बर २ कुणीमा आयोजना भएको अधिवेसनबाट पदमसिंह धामीको अध्यक्षतामा ३१ सदस्यिय वडा कमिटी चयन गरिएको छ । वडा कमिटी उपाध्यक्षमा करबिर सिह धामी, सचिव धिर्कराज जोशी, उपसचिव लोकेन्द्रप्रसाद भट्ट र तारा भट्ट चयन भएको नेकपा एमाले जिल्ला कमिटी सदस्य पदमराज जोशीले जानकारी दिनुभयो । शनिबार लेकमको वडा नम्बर ३, ४ र ५ मा नेतृत्व चयन गर्दै अधिवेसन सम्पन्न भएको हो । वडा नम्बर ३ मा रमेशप्रसाद भट्ट, वडा नम्बर ४ मा डम्बरबहादुर पाल र वडा नम्बर ५ मा केशवदत्त जोशीको अध्यक्षतामा ३१ सदस्यिय वडा कमिटी गठन गरिएको छ ।
लेकम गाउँपालिका वडा नम्बर १ मा कार्तिक ८ गते सोमबार र वडा नम्बर ६ मा कार्तिक ९ गते मंगलबार वडा अधिवेसन आयोजना गरिएको नेकपा एमाले लेकम गाउँकमिटीले जनाएको छ । एमाले नेता एबं प्रदेश सभा सदस्य गेल्बुसिंह बोहराको प्रमुख आतिथ्यतामा आयोजित वडा अधिवेसनमा लेकम गाउँपालिका इन्चार्ज एबं नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य परमानन्द जोशी, एमाले दार्चुलाका नेताहरु दानीराम पार्की, अम्बादत्त जोशी, माधवी जोशी, भवानसिह धामी, नारायणदत्त जोशी, पदमराज जोशी, सुरेशसिंह थापा लगायतको आतिथ्यता रहेको थियो ।
अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहेका छन । एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ । जिल्ला अधिवेसन मंसिर ६ र ७ गते जिल्ला सदरमुकाम खलंगामा आयोजना गर्ने निर्णय भएको र जिल्ला अधिबेसन आयोजक कमिटीको बैठक कार्तिक २२ गते खलंगामा बस्ने निर्णय गरिएको नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडालले बताउनुभयो । वडा र पालिका अधिवेसन सम्पन्न गर्नका लागि एमालेले सबै स्थानीय तहमा नेताहरु परिचालन गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया