व्यासको हुती र धौलाकोटमा एमालेको वडा अधिवेसन सम्पन्न

दार्चुला । व्यास गाउँपालिका वडा नम्बर ५ र ६ मा नेकपा एमालेको वडा अधिवेसन नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शनिबार व्यास गाउँपालिका वडा नम्बर ६ हुतीमा अधिवेसन सम्पन्न भएको थियो । आइतबार व्यासको वडा नम्बर ५ मा कर्ण बहादुर बमको अध्यक्षतामा वडा कमिटी गठन गरेर अधिवेसन सम्पन्न भएको एमाले जिल्ला कमिटी सदस्य उपेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।

पूर्व अध्यक्ष देबदत्त भट्टको अध्यक्षतामा आयोजित अधिवेसन समारोहमा एमाले जिल्ला कमिटी सदस्य नगेन्द्र तिकंरी, व्यास गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष उपेन्द्र सिह धामी, वडा नम्बर ४ का वडाध्यक्ष संग्राम सिह विष्ट, वडा नम्बर ५ का वडाध्यक्ष मंगल सिह धामी, एमाले व्यास गाउँपालिका कमिटी अध्यक्ष जयलाल सिह विष्ट, सचिव नारद दत्त भट्ट लगायतको आतिथ्यता रहेको थियो । व्यास गाउँपालिकामा कार्तिक ८ गते सोमबार सुन्सेरा र सिना, कार्तिक ९ गते राप्लामा वडा अधिवेसन गर्ने र कार्तिक ११ गते पालिका अधिबेशन गर्ने कार्यतालिका रहेको एमाले दार्चुलाले जनाएको छ ।

सायद ४ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?