दार्चुला । दार्चुला सदरमुकाम खलंगा नजिकै महाकाली किनारस्थित किम्तडी भिरमा सडक भाँसिएर अवरुद्ध बनेको महाकाली लोकमार्ग सुचारु भएको छ । भिर काटेर सडक खुलाइएको हो । गत आइतवार देखि बुधबारसम्म भएको अबिरल वर्षाका कारण महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर–खलंगा सडकखण्डको महाकाली नगरपालिका–५ किम्तडीमा सडक भासिएर यातायातका साधनहरु चल्न सकेका थिएनन । सोमबार बेलुकी आंशिक रुपमा यातायातका साधनहरुले पास पाएको र मंगलबारदेखि पूर्ण रुपमा सडक सञ्चालनमा आएको यातायात व्यावसायीहरुले बताएका छन् ।
सडक अवरुद्द भएपछि एक हप्तासम्म यात्रु र यातायातका साधनहरु समस्यामा परेका थिए । अत्यावश्यक काम परेका यात्रुहरुले सडक भासिएको क्षेत्रबाट गाडी परिवर्तन गरेर यात्रा गरिरहेका थिए । छोटो तथा लामो दुरीको यात्रा गर्ने यात्रुहरुले बिच बाटोमा सडक अवरुद्ध हुदा सास्ती भोग्नुपर्ने बाध्यता सिर्जना भएकोमा सडक खुलेसंगै सहज हुने भएको छ । भिर काटेर सडक खुलाइएसंगै यातायातका साधनहरु सञ्चालन हुन थालेको प्रहरीले जनाएको छ ।
महाकाली लोकमार्ग ठाउँठाउँमा पटकपटक अवरुद्ध हुने गरेका कारण यात्रु र यातायात व्यावसायीले सास्ती भोग्दै आएका छन् ।
हेर्नुहोस सडक खुलाउदा कैद गरिएका तस्बिरहरु:-





विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया