दुहुँमा बमको अध्यक्षतामा कमिटी चयन गर्दै एमालेको अधिवेसन सम्पन्न, दुई दर्जन एमाले प्रवेश

दार्चुला । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दुहुँ गाउँपालिकामा पालिका अधिवेसन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । जंगबहादुर बमको अध्यक्षतामा ७५ सदस्यीय गाउँ कमिटी चयन गर्दै दुहुँ गाउँपालिका अधिवेसन सम्पन्न भएको एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक वडालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली कांग्रेशका कार्यसमिति सदस्य मान सिह बडालसहित कांग्रेश र माओबादी पार्टी परित्याग गरि दुई दर्जन कार्यकर्ता एमालेमा प्रवेश गरेका छन ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज, पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य गेल्बु बोहरा, एमाले जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी, उपाध्यक्ष उदय बडाल, सचिव ज्ञानेन्द्र घर्ती लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । एमालेको वडा र पालिका अधिवेनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहेका छन । एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ । जिल्ला अधिवेसन मंसिर ६ र ७ गते जिल्ला सदरमुकाम खलंगामा आयोजना गर्ने निर्णय भएको छ । कार्तिक ११ गते व्यासमा पालिका अधिवेसन आयोजना हुने एमाले दार्चुलाले जनाएको छ ।

पालिका अधिवेशसन सम्पन्न गर्न सबै स्थानीय तहका लागि उत्प्रेरक तोकिएको छ । भने अधिवेसनको कार्यतालिका समेत तय गरिएको छ । जसअनुसार महाकाली नगरपालिकाकामा कार्तिक ९ गते नगर अधिवेसन सम्पन्न गर्नका लागि गणेशसिंह ठगुन्ना र चरन बुढाथोकीलाई उत्प्रेरक तोकिएको थियो । १० गते दुहुँ गाउँपालिकामा गाउँपालिका अधिवेसन सम्पन्न गर्न उदय बडाल, ११ गते व्यासमा अधिवेशन गर्न नगेन्द्र तिकंरी, १३ गते नौगाडमा अधिवेसन सम्पन्न गर्न ज्ञानेन्द्र घर्ती, १४ गते मार्मा गाउँपालिकामा अधिवेसन गर्न लालबहादुर बिक, देबसिह महर, अकबर ठगुन्ना, प्रेमसिह धामी र धर्मानन्द मन्याललाई उत्प्रेरक तोकिएको छ ।

अपिहिमाल गाउँपालिकामा १५ गते अधिवेसन गर्ने गरी रामदत्त जोशी, १७ गते शैल्यशिखर नगरपालिकामा नगरअधिवेसन सम्पन्न गर्न मोहनसिह धामी, १८ गते लेकम गाउँपालिकामा अधिवेसन गर्न गेल्बु बोहरा र १९ गते मालिकार्जुनमा अधिवेसन सम्पन्न गर्न हरदेब जोशीलाई उत्प्रेरक तोकिएको नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख बडालले जानकारी दिनुभयो ।

सायद १० जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद ४ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?