एमाले महाधिवेशनमा १,५३६ प्रतिनिधि, ५१ प्रतिशत समावेशी

दार्चुला । एमालेको दशौँ महाधिवेशनमा एक हजार ५ सय ३६ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । स्थायी समितिको बिहीबारको बैठकले आगामी १० देखि १२ मंसिरसम्म चितवनमा हुने महाधिवेशनमा सात लाख २१ हजार पार्टी सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने मापदण्ड प्रस्ताव गर्दै संख्या तय गरेको हो ।

शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा एमालेले महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी मापदण्डमाथि थप छलफल गर्दै छ । बैठकपछि सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले महाधिवेशनमा तीनखाले प्रतिनिधिमध्ये केन्द्रीय कमिटी सदस्य, केन्द्रीय आयोग र केन्द्रीय सल्लाहकारहरूबाट दुई सय ६२ जना पदेन प्रतिनिधि तथा भूगोलबाट ११ सय ९६ जना प्रतिनिधि सहभागी हुनेछन् ।

त्यस्तै, प्रत्येक जनसंगठनबाट पाँच/पाँचजना, पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालयलाई एउटा निर्वाचन क्षेत्र मानेर दुईजना खुला र एक महिलासहित तीनजना, प्रवास क्षेत्रबाट २० जना महाधिवेशन प्रतिनिधिलाई सहभागी गराउने निर्णय भएको ज्ञवालीले जानकारी दिए । भूगोलबाट सहभागी हुने ११ सय ९६ प्रतिनिधिमध्ये प्रत्येक निर्वाचन क्षेत्रबाट १५ सय सदस्यबराबर एकजना महिला र दुईजना खुलासहित गरेर तीनजना तथा १५ सयभन्दा बढी सदस्य रहेको निर्वाचन क्षेत्रमा एक हजार सदस्य बढ्दै जाँदा थप एकजना थपिने गरी प्रतिनिधि छनोट हुनेछन् । त्यस्तै, कुल निर्वाचित प्रतिनिधिमध्येबाट ५ प्रतिशत मनोनीत हुनेछन् ।

छानिएका १५ सय ३६ प्रतिनिधिमध्ये ५१ प्रतिशत प्रतिनिधि संख्या समावेशी हुने प्रवक्ता ज्ञवालीले बताए । जसअनुसार ३३ प्रतिशत महिला प्रतिनिधिका अतिरिक्त आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र दलितसहितको क्लस्टरबाट प्रतिनिधि छानिनेछन् । हरेक जिल्लाबाट एकजना दलित र हरेक प्रदेशलाई एउटा निर्वाचन क्षेत्र मानेर मजदुर क्षेत्रका पार्टी सदस्यबाट पनि प्रतिनिधि छनोट हुनेछन् । बाँकी ४९ प्रतिशत खुला क्षेत्रबाट प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।

बैठकमा महाधिवेशन तयारी मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशन तयारीका प्रारम्भिक कामबारे जानकारी गराएका थिए । उनले नारायणी नदीकिनारको खुला चौरमा उद्घाटन सभा गर्ने र सौराहाको पयर्टकीय स्थलमा बन्दसत्र आयोजना गर्ने प्रस्ताव गरेका छन् । एमालेले महाधिवेशनको उद्घाटन कार्यक्रममा करिब पाँच लाख जनसमुदाय जुटाउने गरी तयारी अगाडि बढाएको छ । 

एमालेको दशौँ महाधिवेशनका लागि चुनिएका प्रतिनिधिले राष्ट्रिय महाधिवेशन प्रतिनिधिका रूपमा एघारौँ महाधिवेशनअगावै सम्पन्न हुने विधान महाधिवेशनमा पनि सहभागी भएर पार्टीको राजनीतिक र संगठनात्मक प्रतिवेदन तथा विधान पारित गर्नेछन् । पार्टीको विचार, कार्यदिशा र विधान पास गरिसकेर आयोजना हुन लागेको महाधिवेशनमा एमालेले व्यवस्थापकीय पक्षलाई ध्यानमा राखेर पहिलेभन्दा धेरै कम प्रतिनिधि सहभागी गराउने तयारी गरेको छ । नवौँ महाधिवेशनमा २१ सय तथा हालै सम्पन्न प्रथम विधान महाधिवेशनमा ६ हजार तीन सय प्रतिनिधि सहभागी भएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?