दार्चुलामा चार महिनामा ३१ जनामा देखियो क्षयरोग

दार्चुला । दार्चुलामा ३१ जनामा क्षयरोग देखिएको छ। स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाका ६ वटा स्थानीय तहका ३१ जनामा क्षयरोग देखिएको हो।

जसमा नौगाड गाउँपालिकाका १० जना, महाकाली नगरपालिका र मार्मा गाउँपालिकाका ६र६ जना, शैल्यशिखर नगरपालिकाका ४ जना, व्यास गाउँपालिकाका ३ जना र दुहुँ गाउँपालिकाका २ जनामा क्षयरोग देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले बताउनुभयो । यी मध्ये २१ जना पुरुष रहेका छन्।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १० जना महिलासहित ३१ जनामा क्षयरोग देखा परेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?