दार्चुलामा संसदीय समितिको टोली, तिकंर सडकको निरीक्षण

दार्चुला । संघीय संसदको विकास तथा प्रविधि समितिको टोली महाकाली करिडोर अन्तर्गतको दार्चुला–तिंकर सडकको अनुगमनमा आएको छ । शुक्रबार बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत समिति सभापति कल्याणी खड्का नेतृत्वको १५ सदस्यीय टोली दार्चुला आएको हो ।

दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर भट्टका अनुसार टोली अहिले ब्यास गाउँपालिकाको छाङरुबाट सुन्सेरा हुँदै खलंगा फर्किएको छ । टोली नेपाली सेनाले निर्माण गरिरहेको सडकको निरीक्षणमा आएको बताइएको छ । सदरमुकाम खलंगामा प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवालाहरुसंग भेट गरेर टोली आजै बझाङको चैनपुर, खप्तड हुँदै साँझ सुर्खेत फर्किने कार्यक्रम रहेको छ । समितिको टोलीले तिंकर सडकको अनुगमन र ब्यास गाउँपालिका–१ छाङरुका स्थानीयसँग विविध विषयमा छलफल गरेको बताइएको छ ।

छाङरुबाट फर्किदा ब्यास गाउँपालिकास्थित सुन्सेरामा नेपाली सेनाको ब्यारेकबाट सडक निरीक्षण गरिएको छ । एक सय ३४ किलोमिटर लामो दार्चुला–तिंकर सडकको ८७ किलोमिटर सडकको ट्रयाक नेपाली सेनाले खोलिरहेको छ । गत बर्ष सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने सरकारले गरेको निर्णय अनुसार सडकमा चालु आर्थिक बर्षबाट सेनाले काम थालेको हो । हालसम्म खलंगादेखि सुन्सेरासम्मको ४३ किलोमिटर सडकमा सडक आयोजनाले ट्र्याक खुलाएको छ । बर्षाका कारण बाढीपहिरो आएर ठाउँठाउँमा सडक अवरुद्ध हुँदा दुहुँ र व्यासबासीले अहिले पैदलयात्रा गर्न बाध्य छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?