दार्चुला । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ मा पर्ने भारतद्धारा अतिक्रमित गुञ्जी गाउँमा भगवान शिव महोत्सवको आयोजना गरिएको छ। भारतद्वारा अतिक्रमित गुञ्जीमा भारतको पिथौरागढ जिल्ला प्रशासनले आजदेखि तीन दिनसम्म शिव महोत्सवको आयोजना गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। गुञ्जीमा भारतले प्रहरी, सशस्त्र सीमाबल तथा आर्मी तैनाथ गरेको छ।
तीन दिनसम्म आयोजना गरिएको शिव महोत्वसमा विभिन्न धार्मिक, साँस्कृतिक तथा खेलकुदका कार्यक्रमहरु गरिने तालिका छ। जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर सिह कार्कीले नेपाल भारतको धार्मिक तथा सामाजिक परिवेश एउटै भएकाले महोत्सवको त्यति ठूलो अर्थ नभएपनि सरकारले अतिक्रमित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नेपाली भएको महशुस गराउन विषेश कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । नेपालले जनगणना समेत गर्न नसकिरहेको बेला भारतले उक्त क्षेत्रमा विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गरेर जनताहरुलाई सहुलियत प्रदान गरिरहेको छ ।
पछिल्लो समय नेपाल सरकारले नयाँ नक्सा जारि गर्दै गुञ्जी, कुटी र नाविगाउँ लगायत लिम्पियाधुरा क्षेत्र समाबेश गरि नयाँ नक्सा सार्वजनिक गरेपनि प्रशासनिक अधिकार भने कायम गर्न सकेको छैन। भारतको कडा सुरक्षा उपस्थितिका कारण नेपालीहरु सहजै उक्त क्षेत्रमा जान समेत पाउदैनन । नेपाली सुरक्षाकर्मीहरुलाई कालापानीमा समेत भारतले प्रवेश गर्न दिएको छैन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा अन्तरगत रहेको सबै क्षेत्र भारतले अतिक्रमण गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया