दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगामा कोभिड १९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको समन्वयात्मक बैठक शुक्रबार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीको अध्यक्षतामा बसेको बैठकले विश्वका केही देशहरुमा कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण देखा परिरहेकोले नेपालमा समेत उक्त संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाबासी नागरिकहरुमा पुर्वसतर्कता अपनाउनका लागि अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै तिहार लगायत चाडपर्वको समयमा छिमेकी देशहरुबाट घर फर्किने नेपाली नागरिकहरुको विवरण संकलन गर्नका लागि हेल्प डेस्क सञ्चालन गर्ने निर्णय गरिएको छ । कोरोना नियन्त्रणका लागि जिल्लास्थित सञ्चारमाध्यमहरुबाट सूचना तथा सन्देशमुलक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरिएको नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि सुन्दरसिंह धामीले जानकारी दिनुभयो । बैठकमा कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी र रेडक्रसकर्मीहरुको सहभागिता रहेको थियो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया