एमाले दार्चुलाका संस्थापक नेता वीरबहादुर ठगुन्नाको प्रथम स्मृति दिवस मनाइयो (फोटोफिचर)

दार्चुला । नेकपा एमाले दार्चुलाका संस्थापक त्यागी नेता स्वर्गीय वीरबहादुर ठगुन्नाको प्रथम स्मृति दिवसको अवसरमा औपचारीक कार्यक्रमको आयोजना गरिएको छ । स्वर्गीय नेता ठगुन्नाको जन्मघर नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डमुण्डमा स्मृति दिवस कार्यक्रमको आयोजना गरिएको एमाले दार्चुलाका नेता शेरसिंह धामीले जानकारी दिनुभयो । पूर्व मन्त्री, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज एबं सासंद गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा आयोजित स्मृति दिवस कार्यक्रममा एमाले दार्चुलाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । यसअघि कार्तिक ४ गते सम्पन्न एमाले जिल्ला कमिटी सचिवालय बैठकले कार्तिक १२ गते नौगाडमा आयोजना हुने वीरबहादुर ठगुन्नाको बार्षिक पुण्यतिथि तथा स्मृति दिवस कार्यक्रममा सिगों जिल्ला कमिटी सहभागि हुने निर्णय गरेको थियो ।

सुदूरपश्चिमका पुराना कम्युनिष्ट नेता वीरबहादुर ठगुन्नाको गत बर्ष उपचारको क्रममा निधन भएको थियो । साढे ३ वर्षदेखि क्यान्सरबाट ग्रसित उहाँको काठमाण्डौं मेडिकल कलेजमा उपचारका क्रममा गत बर्ष ६७ वर्षको उमेरमा निधन भएको हो । मुखको क्यान्सरबाट पीडित उहाँको नेपाल र भारतका विभिन्न अस्पतालहरुमा उपचार गरिएको थियो । दार्चुला जिल्लामा कम्युनिष्ट राजनीतिको विजारोपण गर्ने श्रेय स्वर्गीय ठगुन्नालाई पनि जान्छ । विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका स्वर्गिय ठगुन्ना बझांगमा स्थायी शिक्षकको जागिर छाडेर २०४८ पछि संक्रिय राजनीतिमा लाग्नुभएको थियो । २०४८ र २०५६ को निर्वाचनमा उहाँ दार्चुलाबाट प्रतिनिधिसभाका लागि नेकपा एमालेबाट उम्मेद्वार समेत बन्नुभएको थियो ।

दार्चुलाको मार्मा क्षेत्रमा जन्मिएका ठगुन्ना २०५४ मा जिल्ला विकास समिति दार्चुलाका उपसभापतिमा निर्वाचित हुनुभएको थियो । वर्तमान सासंद गणेशसिंह ठगुन्ना जिविस सभापती हुदा ठगुन्ना उपसभापती रहनुभएको थियो । ठगुन्ना एमालेको जिल्ला सचिव पनि हुनुभयो । एमालेको नवौं महाधिवेशनबाट केन्द्रिय अनुशासन आयोगको सदस्य निर्वाचित ठगुन्ना समाज कल्याण परिषदको कोषाध्यक्ष समेत रहनुभएको थियो ।

नेता ठगुन्नाको स्मृति दिवसमा सहभागि एमाले नेताहरुले उहाँको योगदानको स्मरण गर्दै सम्झना एबं श्रद्धासुमन समेत व्यक्त गरेका छन् । सासंद गणेश ठगुन्नाले नेता ठगुन्नाले दार्चुलाको कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाँले प्रेमसिह धामी, बिरबहादुर ठगुन्नाजस्ता राष्टबादी नेताहरुको बिरासत बोकेको एमाले पार्टी नै जनताको पार्टी भएको भन्दै सबै नेता कार्यकर्तालाई समाजसेवा र जनसेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो ।

सायद 1 व्यक्ति तथा  उभिएको को तस्बिर हुनसक्छ

सायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू, हिँडिरहेका मानिसहरू, भिड तथा  घरबाहिर को तस्बिर हुनसक्छ

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?