दार्चुलाबाट महेन्द्रनगर जादै गरेको बस दुर्घटना हुँदा १० जना घाइते

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरबाट महेन्द्रनगरका लागि छुटेको यात्रुबाहक बस दुर्घटना भएको छ । आइतबार विहान पौने दुई बजेतिर बस सडकबाट १०० मिटर तल खसेको बसमा सवार यात्रु यज्ञराज नाथले रेडियो लोकदर्पणलाई बताउनुभयो । महाकाली यातायातको ६१३२ नम्बरको बस दुर्घटना हुँदा मानविय क्षती नभएको र १० जना यात्रु घाइते भएको बताइएको छ ।

डडेल्धुराको आलिताल गाउँपालिका १ स्थित घण्टेश्वर मन्दिर नजिक सडकबाट ना ८ ख ६१३२ नम्बरको बस करिब १०० मिटर तल खसेको प्रहरीले बताएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसमा ३२ जना सवार रहेको र १० जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि धनगढी गतिदै छ। घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका ६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका ८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार ६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका १० का ३० वर्षीय चन्द्र बहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशव दत्त जोशी रहेका प्रहरीले जनाएको छ।

घटनाको विस्तृत विवरणका साथै घाइते अन्य तीन जनाको विवरण आउन बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो । सकुसल रहेका यात्रुहरु अरु गाडीहरुको प्रयोग गरेर गन्तब्यतर्फ गएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?