मोटरसाइकल दुर्घटना हुँदा पुष्प गिरीको मृत्यु

दार्चुला । धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। उपमहानगरपालिकाको वडा नम्बर ३ का १८ वर्षीय पुष्प गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

गिरी आफैले चलाएको म २ प ७६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीस्थित निसर्ग अस्पतालमा हिजो राति मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो ।

उनका अनुसार मोटरसाइकलमा सवार सोही ठाउँका १८ वर्षीय पशुपती बोहरा र १६ वर्षीय समीप सिंहको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। तीन जना सवार उक्त मोटरसाइकल अनियन्त्रित भई ३ नम्बर वडा कार्यालय नजिकै दुर्घटना भएको बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?