दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर २ बडाली गाउँमा भिरबाट लडेर ५१ वर्षीया लालमति बडालको मृत्यु भएको छ । आइतबार (आज) दिउँसो खर काट्ने क्रममा भिरबाट लडेर बडालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिकैको भिरमा खर काट्न गएकी बडाल भिरबाट लडेर सय मिटर तल पर्नुभएको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । मृतक बडालका २ छोरा र १ छोरी रहेका छन् । दार्चुलामा हरेक बर्ष खर काट्ने क्रममा महिलाहरुले भिरबाट लडेर ज्यान गुमाउदै आएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया