दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ बन्तोलीमा नेपाली कांग्रेशले शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा नेकपा एमाले परित्याग गरि २८ जनाले काँग्रेस प्रवेश गरेको तरुणदलका नेता सुरेश बिष्टले जानकारी दिनुभयो ।
सोमवार नेपाली काँग्रेस शैल्यशिखर नगरपालिका वडा नम्बर ७ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा स्थानीय तहको चुनावमा एकालेको तर्फबाट वडा सदस्यका उम्मेदवार बनेका चन्द्रसिह धामीसहित वडा नम्बर ७ र ८ का २८ जनाले कांग्रेश पार्टीमा प्रवेश गरेको उहाँले बताउनुभयो ।
प्रवेश गर्नेमा गजाधर धामी, दानसिह धामी, ललितसिह विष्ट, पदमसिह विष्ट, कम्मान सिह धामी, धनबीर धामी, मानसिह धामी, ललितसिह धामी, करबीर सिह विष्ट, अर्जुन राम कामी, पदमसिह धमी, मानसिह धामी, छाया दमाइ, ज्ञानु दमाइ, बिरमा दमाइ, लालसिह धामी, जनकसिह धामी, नरेन्द्र सिह धामी, केशव दत्त जोशी, दिलेन्द्र प्रसाद जोशी, पदम जोशी, राजेन्द्र धामी, सन्तोष धामी, गंगादत्त जोशी, माया धामी, धरमराम लुहार र रामबहादुर विष्ट रहेका छन् ।
नेपाली काँग्रेस वडा नम्बर ७ का सभापति कमलापती जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाका उप सभापति एवं शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमर सिह धामीको प्रमुख आतिथ्यता रहेको थियो । नेपाली काँग्रेस दार्चुलाका नेता विक्रम सिह धामी, शैल्यशिखर नगर सभापति मोहन सिह साउँद लगायत नेता तथा कार्यकर्ताको बिशिष्ट आतिथ्यता रहेको थियो । तिहार लगायत चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको कांग्रेशले जनाएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया