आजदेखि यमपञ्चक अर्थात तिहार सुरु

दार्चुला । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । आज बेलुका यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग र कुकुर तिहार भने भोलि परेको छ । समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीका अनुसार बेलुका यमदीपदान सुरु हुन्छ । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । भाइटिका भने २० गते रहेको छ ।

भोलि बिहान सवा ७ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । सवा ७ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा पनि भोलि नै गर्नु पर्नेछ । तिथिको घटबढका कारण काग र कुकुर तिहार बुधबार एकै दिन परेको समितिले जनाएको छ । भाइटिकाको साइत कार्तिक २० गते विहान ११ बजेर २ मिनेटमा रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?