दुहुँ गाउँपालिकाका बाढीपहिरो पिडितलाई राहात वितरण

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाका बाढीपहिरो पीडित परिवारहरुलाई राहत वितरण गरिएको छ । सोसल भोलेन्टियर्स ग्रुप दार्चुलाले मंगलबार (आज) राहत वितरण गरेको हो ।

सामाजिक सञ्जालमार्फत विभिन्न दातृ निकाय तथा व्यक्तिहरुबाट आर्थिक सहयोग संकलन गरी दुहुँका बाढीपहिरो पिडित परिवारलाई राहत वितरण गरिएको सोसल भोलेन्टियर्स ग्रुपका संयोजक एवं अधिवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । खाद्यान्न, लुगाकपडा खरिद गरी पीडित परिवारलाई वितरण गरिएको उहाँले बताउनुभयो ।

सहयोग गर्ने देश तथा विदेशमा रहेकाहरुको नामावलीसहित रकम समेत संयोजक महराले सबैलाई जानकारी गराउनुभयो । दुहुँ गाउँपालिकाका विभिन्न वडाका ४६ घर पूर्ण क्षति भएका बाढी पहिरो पीडित र १५८ वटा आंशिक क्षति तथा उच्च जोखिम रहेका पीडित परिवारलाई ग्रुपले राहत वितरण गरेको हो ।

गौरापर्वको अघिल्लो राती गत भाद्र १३ गतेको बाढी पहिरोका कारण दुहुँ गाउँपालिकामा ठूलो जनधनको क्षति भएको थियो । बाढीपिडितको बिचल्ली भएपछि विभिन्न संस्था तथा समूह गरी ७० जनाले राहत रकम उपलब्ध गराएका थिए । राहत वितरणका लागि ग्रुपले जम्मा २०४ जना पीडितको सूचि तयार पारेको थियो ।

सायद घरबाहिर को तस्बिर हुनसक्छ

सायद घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?