दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ३ खार ओखडानीका नरेन्द्र ठगुन्नाकी धर्मपत्नी ४५ बर्षीया मंगली देबी ठगुन्नाको भिरबाट लडेर मृत्यु भएको छ ।
ठगुन्नाको बुधबार खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको नौगाडबाट सन्तोष ठगुन्नालाई उद्धित गर्दै लोकदर्पण समाचारदाता प्रकाशसिंह धामीले जानकारी दिनुभयो । नेपाली कांग्रेशका क्षेत्रीय प्रतिनिधि समेत रहनुभएका नरेन्द्र ठगुन्नाकी धर्मपत्नीको अल्पायुमै मृत्यु भएपछि परिवार शोकमा डुबेको छ । मृतक ठगुन्नाको ६ जनाको परिवार रहेको बताइएको छ ।
दार्चुलासंगै सुदूरपश्चिमका पहाडी जिल्लामा यतिबेला महिलाहरू खर (गाज्यो) काट्नमा व्यस्त छन । गाईबस्तुका लागि उनीहरू मेलामा खर काटिरहेका छन् । दसैंअघिबाटै खर काट्न थालेका महिलाहरूले अझै सकिसकेका छैनन । मेलाहरू प्रायः भीरमा हुने भएकाले खर काट्ने बेला अप्ठेराहरू झेल्नुपर्ने तथा ज्यानै जोखिममा राखेर काम गर्नुपर्ने अवस्था रहेको छ ।
खरै काट्ने क्रममा धेरै महिलाहरूले अल्पायुमै ज्यानै गुमाएका छन । केही महिलाहरु घाइते पनि भएका छन् । खर काट्ने सजिलो प्रविधि नभित्रिदा खर भित्रको कहरको सामना गर्नुपरेको महिलाहरु बताउछन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया