दार्चुला । दार्चुलामा भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउदै गरेको विभिन्न प्रकारका पटाकाहरु जिल्ला प्रहरी कार्यालय दार्चुलाले बरामद गरि नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका सिमानाकाहरुबाट खटिएको प्रहरी टोलीले बिभिन्न मिति र स्थानहरुबाट बरामद गरेको पटाका शुक्रबार (आज) जिल्ला प्रहरी कार्यालय दार्चुलामा उद्योग बाणिज्य संघका प्रतिनिधि, पत्रकार र स्थानीय भलादमीहरुको उपस्थितिमा नष्ट गरिएको हो ।
बरामद गरेर नष्ट गरिएको पटाकामा टर्की पटाका ३५१ प्याकेट, पप बम पटाका ७३ बण्डल, हाईड्रो बम पटाका ५३ थान, सुतली बम पटाका ४३ थान, लिडर क्रेकर बम पटाका ५१ थान, साउण्ड बम पटाका २४ थान, कर्कोडायल पटाका २३ थान, र र्याम्बो बम पटाका २८ थान रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । चाडपर्वको बेला अप्रिय घटना हुनसक्ने भएकोले नेपालमा पटाकामाथि प्रतिबन्ध लगाइएको छ ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया