दार्चुला । दार्चुलामा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । शैल्यसिखर नगरपालिकाको बन्तोली जात्राबाट फर्किने क्रममा भिरबाट खसेर उहाँको मृत्यु भएको हो । शनिबार शैल्यशिखर नगरपालिका–७ बोहरीगाउँ, बन्तोलीमा लागेको जात्रा हेर्न आएका कञ्चपुरका भिमदत्त नगरपालिका मटेलाका अन्दाजी २६ वर्षीय रुपेश रानाको जात्राबाट फर्किने क्रममा भिरबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।
भिरबाट खसेर घाइते भएका रानालाई गोकुलेश्वर अस्पताल पुर्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको प्रहरी निरीक्षक अरुण बमले बताउनुभयो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया