जोलजिवि मेलाको तयारी, महोत्सब आयोजक समिति गठन

दार्चुला । नेपाल–भारतको सीमा क्षेत्र जोलजिविमा लाग्ने ऐतिहासिक एबं सास्कृतिक जोलजिवि ब्यापार मेलाको तयारी तिब्र पारिएको छ । हरेक बर्ष नोभेम्बर १४ देखि लाग्ने ऐतिहासिक जोलजिवि मेला विगत दुई बर्ष देखि कोरोना महामारीका कारण औपचारीक रुपमा लाग्न सकेको थिएन । यस बर्ष मेला मनाउनका लागि दुबै देशतर्फ तयारी भइरहेको छ ।

जोलविवि मेलामा मालिकार्जुन गाउँपालिका र वडा नम्बर ७ ले संयोजन गर्ने बताइएको छ । महोत्सब आयोजना गर्नका लागि पाँच सदस्यिय समिति गठन गरिएको छ । राजेन्द्रसिह धामीको संयोजकत्वमा कृष्ण धामी, बहादुर खत्री, दशरथ चन्द र जनकराज जोशी सदस्य रहनेगरी महोत्सब आयोजक समिति गठन गरिएको हो । महोत्सबमा स्थानीयदेखि राष्ट्रिय कलाकारको प्रस्तुती, व्यापारीक स्टलहरु राखिने र मौलिक संस्कृतिमा आधारीत प्रदर्शनीहरु समेत गरीने समिति सदस्य कृष्ण धामीले बताउनुभयो ।

ऐतिहासिक जोलजिवि मेला १४९ बर्ष पुरानो हो । महाकाली र गोरी नदीको संगम जोलजिविमा नेपाल र भारत दुबै तर्फ यो मेला लाग्ने गर्दछ । सन् १८७१ मा भारतको अस्कोटका तत्कालीन राजा पुस्कर पालले जोलजिविमा ज्वलेश्वर मन्दिरको स्थापना गरि मेलाको सुरुवात गरेको किम्बदन्ती छ । त्यो समयको यो मेलामा नेपाल र भारतका ब्यापारीका साथै चीनको तिब्बतका ब्यापारीहरुले समेत ब्यापार गर्ने गरेका थिए । सन् १९६२ को भारत–चीन युद्ध पछि तिब्बतका ब्यापारीहरुले मेलामा भाग लिन छोडेको बताइन्छ । जोलजिवि मेलामा बाजुरा, जुम्ला तथा हुम्लाका घोडा, विभिन्न क्षेत्रका कपडा तथा खाद्यान्नको समेत ब्यापार हुने गरेको छ ।

भारततर्फ नोबेम्बर १४ देखि नै मेला शुरु हुने भएपनि नेपालतर्फ भने मंसिर १ गते देखि ब्यापारीक मेला शुरु हुने छ । मंसिर १ गते मालिकार्जुन जात्रा परेको र २ गतेदेखि मेलामा दर्शकहरुको बाक्लो उपस्थिति रहने आयोजकले अपेक्षा गरेको छ । जोलजिबी मेला बर्ष दिनमा एक पटक मात्रै लाग्ने भएकाले स्थानीयहरुले कपडा खरिद गर्ने, घरेलु आवस्यक सामान खरिद गर्ने गरेका छन् । जोलजिबी मेला स्थलमा सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा मेला मञ्च तथा शौचालयहरुको निर्माण गरिएको मालिकार्जुनको वडा नम्बर ७ का वडाअध्यक्ष लोकेन्द्रसिह धामीले जानकारी दिनुभयो ।

भारततर्फ भने स्थानीय प्रशासन तहबाटै मेला लगाउने तयारी गरिएको छ । पिथौरागढ जिल्ला प्रशासन तथा धार्चुला तहशिलको समन्वयमा १४ नोभेम्बर देखि २४ नोभेम्बर सम्म मेलाको आयोजना गर्ने निर्णय भएको छ । भारतीय प्रशासनले मेलामा ४ सय बढी स्टल राख्ने जनाइएको छ ।

फोटो विवरण उपलब्ध छैन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?