सर्वोच्चको भित्री गेट बन्द, सुरक्षाकर्मी परिचालित

दार्चुला । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने कानुन व्यवसायीहरुको योजना असफल बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । महान्यायाधीवक्ताको कार्यालयतर्फबाट र नेपाल बार एशोसिएसनको कार्यालय तर्फबाट सर्वोच्च अदालत आउ–जाउ गर्ने भित्री ढोका बन्द गरिएको छ । यसअघि कानुन व्यवसायीहरु नेपाल बार तर्फको गेटबाट सर्वोच्च अदालत आउ–जाउ गर्दै आएका थिए ।

प्रधानन्यायाधीश सर्वोच्च अदालतभित्र प्रवेश गर्ने गेटमा पनि ताला लगाएको देखिएको छ । यो गेट प्रधानन्यायाधीश भित्रिंदा र बाहिरिंदा मात्र खोल्ने गरिन्थ्यो । अरु बेलामा भने बन्द नै हुने गर्दछ । सेवाग्राही र अन्य व्यक्ति प्रवेश गर्ने सडकतर्फको गेटमा दंगा नियन्त्रण गर्ने उपकरणसहित सुरक्षाकर्मीहरु परिचालित छन् । भित्री ढोका बन्द भएकाले अब आन्दोलनरत कानुन व्यवसायीहरुले सिंहदरबार पश्चिम गेट–माइतीघर खण्डको सडक प्रयोग गरेर सर्वोच्च अदालतमा धर्ना दिनुपर्ने छ । तर सो सडकखण्डमा निषेधाज्ञा जारी गरिएकाले त्यहाँ धर्ना प्रदर्शन लगायतका गतिविधि गर्न पाइँदैन ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्रै प्रदर्शन गर्दै आएका छन् । बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएपछि बारले आज प्रधानन्यायाधीशलाई प्रवेशमा रोक लगाउने आन्दोलन घोषणा गरेको थियो ।

बारमा सबै भेला भइसकेपछि सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने बताइएको छ। यता सर्वोच्च अदालतले कानून व्यवसायीहरुलाई धर्नास्थल नै जान नदिने रणनीति बनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?