दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा अवस्थित मालिकार्जुन मन्दिर मैखोलीका भण्डारी (भरण्या) गोबिन्दराज जोशीको निधन भएको छ । उहाँको उपचारको क्रममा डडेल्धुरामा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
घरबाट उपचारको लागि तीन दिन पहिले गोकुलेश्वर अस्पताल लगिएकोमा गोकुलेश्वरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको थियो । दम रोगबाट पीडित जोशीको ७२ बर्षको उमेरमा निधन भएको हो । स्रोतका अनुसार मृतक जोशीको शव अन्तिम संस्कारका लागि डडेल्धुराबाट गृहजिल्ला ल्याइदैछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया