जोलजिवि महोत्सव मंसिर १ देखि, दर्जन बढी कलाकार आउने

दार्चुला । ऐतिहासिक जोलजिवि मेला “हाम्रो सान, कला सस्कृति र पर्यटन प्रर्बद्धन हाम्रो अभियान” भन्ने मुला नाराका साथ यहि मंसिर १ देखि ११ गते सम्म सञ्चालन हुने भएको छ । महोत्सव सञ्चालनका लागि गठित समितिहरुले बिभिन्न गतिबिधीहरु बढाउन थालेका छन् । ११ दिनसम्म दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जोलजिवि क्षेत्रमा चल्ने महोत्सवमा स्थानीय देखि राष्टियस्तरका दुई दर्जन कलाकारहरुको प्रस्तुती रहने महोत्सब आयोजक समितिका संयोजक राजेन्द्रसिह धामीले जानकारी दिनुभयो ।

महोत्सवमा चर्चित कलाकार खुमन अधिकारी, अज्जली अधिकारी, राजेन्द्र भट्ट (आर जे), सम्झना भण्डारी, खेम सेन्चुरी, ध्वज महरा, भुमिका गिरी, चेतन बोहरा, अर्जुन कौशल, रमेश राज भट्टराई, प्रवित्रा भन्डारी, भानुभक्त जोशी, शृजना खत्री, टंक तिमिल्सेना लगायत कलाकार आउने धामीले बताउनुभयो । स्थानीय कला संस्कृति झल्किने नृत्य र झाकीहरु, हास्य ब्यग्य प्रस्तुती र कलाकारको प्रस्तुती सहित रमाइलो मेला हुने आयोजकले जनाएको छ । कृषि, पर्यटन, उद्योग, व्यापार प्रवद्र्धन गर्न मेला क्षेत्रमा विभिन्न व्यापारीक स्टलहरु र प्रचार सामाग्रीहरु समेत राखिने समिति सदस्य कृष्ण धामीले बताउनुभयो ।

ऐतिहासिक जोलजिवि मेला १४९ बर्ष पुरानो हो । महाकाली र गोरी नदीको संगम जोलजिविमा नेपाल र भारत दुबै तर्फ यो मेला लाग्ने गर्दछ । सन् १८७१ मा भारतको अस्कोटका तत्कालीन राजा पुस्कर पालले जोलजिविमा ज्वलेश्वर मन्दिरको स्थापना गरि मेलाको सुरुवात गरेको किम्बदन्ती छ । त्यो समयको यो मेलामा नेपाल र भारतका ब्यापारीका साथै चीनको तिब्बतका ब्यापारीहरुले समेत ब्यापार गर्ने गरेका थिए । सन् १९६२ को भारत–चीन युद्ध पछि तिब्बतका ब्यापारीहरुले मेलामा भाग लिन छोडेको बताइन्छ । जोलजिवि मेलामा बाजुरा, जुम्ला तथा हुम्लाका घोडा, विभिन्न क्षेत्रका कपडा तथा खाद्यान्नको समेत ब्यापार हुने गरेको छ ।

भारततर्फ नोबेम्बर १४ देखि भारतीय प्रशासनको समन्वयमा मेलाको आयोजना गर्ने तयारी छ । नेपालतर्फ गाउँपालिकाको समन्वयमा स्थानीय युवाहरुले मेला महोत्सबको आयोजना गर्ने तयारी गरिरहेका हुन् ।

No description available.

सम्बन्धित समाचार: जोलजिवि मेलाको तयारी, महोत्सब आयोजक समिति गठन

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?