नेकपा एमाले बैतडीको उपाध्यक्षमा रमिल बम चयन

दार्चुला । नेकपा एमाले बैतडीको उपाध्यक्षमा रमिल बम चयन हुनुभएको छ । दशक लामो माओबादी युद्धमा होमिएर राजनीतिक जीवनको सुरुवात गरेका पुरचौंडीका युवा नेता रमिल बम एमालेको उपाध्यक्षमा मनोनित हुनुभएको हो । शुक्रवार बसेको एमालेको जिल्ला कमिटी बैठकले सात बर्ष देखि रिक्त रहेको उपाध्यक्ष पदमा बमलाई नियुक्त गरेको एमाले नेता लिलाधर भट्टले जानकारी दिनुभयो ।

यस्तै एमालेको नयाँ विधान अनुसार रिक्त उप सचिव पदमा सरस्वती नेपालीलाई मनोनित गरिएको छ । आज (शुक्रवार) कै बैठकबाट महाधिवेशन प्रतिनिधी छनौट गर्न समेत छलफल चलिरहेको नेता भट्टले बताउनुभयो ।

बैतडीमा एमालेको एक सय ३५ जनाको जिल्ला कमिटी रहेको छ । दशौं राष्ट्रिय महाधिवेसनका लागि बैतडीबाट ८ जना पुरुष, चार महिला र २ जना दलित महाधिवेसन प्रतिनिधि छनौट हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?