लेकमकै प्रशिद्ध जयपुर जात्रा आज राती लाग्दै (भिडियोसहित)

दार्चुला । कात्तिक शुक्ल पक्ष सुरु भएदेखि दार्चुलाका दर्जनौँ शक्तिपिठ र मन्दिरहरुमा जात्राको रौनकता छाएको छ । विशेषगरी शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाका दर्जनौँ शक्तिपिठ र मन्दिरहरुमा जात्रा लाग्ने गर्दछ । आज लेकम क्षेत्रकै प्रशिद्ध लटिनाथ मन्दिरमा जयपुर जात्रा लाग्ने भएको छ ।

लेकम गाउँपालिकाको ऐडिबाग मन्दिर मैखोलीबाट दशैं र मार्माको लटिनाथ मन्दिर तलाइमाण्डौँ, लेकमकै मैखोली लटिनाथ मन्दिर खर्क, शैल्यशिखरको लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुनको लटिनाथ कैयलपाल मन्दिर चौडमा भाइटिका अर्थात द्धितिया तिथिका दिन जात्रा सम्पन्न भएको थियो । हुनैनाथ देवताको बासस्थान रहेको मालिकार्जुनको हुनैनाथ, लेकमको सर्मोली र कुणीस्थित हुनैनाथ मन्दिरमा अष्टमी तिथिमा कात्तिक २६ गते रात्री जात्रा लागेको छ । लटिनाथ मन्दिर जयपुर जात्रा कात्तिक २७ गते राती लाग्ने मन्दिरका भण्डारी मनिराज बिष्टले जानकारी दिनुभयो ।

लेकम गाउँपालिका–५ जयपुरमा रहेको लटिनाथ मन्दिरमा कात्तिक २७ गते शनिवार नवमी तिथिका दिन जात्रा लाग्ने भएपछि व्यापारका लागि व्यापारीहरु आउने क्रम शुरु भएको छ । जात्राहरुलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न मदिरा र जुवातास निषेध गरिएको भण्डारी बिष्टले बताउनुभयो । ऐतिहासिक एबं धार्मिक तिर्थस्थल श्री शैल्य मल्लिकार्जुन राष्ट्रिय धाममा हरेक वर्ष कार्तिक शुक्ल पक्ष त्रियोदशी तिथिमा आयोजना हुने शिखर पुजन जात्रा यस वर्ष कार्तिक ३० गते हुने भएको छ । मालिकार्जुन देबताका अधिकासं मन्दिरहरुमा मंसिर १ गते रात्री जात्रा लाग्ने भएको छ । भगवती मन्दिर कुणी र पाती मन्दिरमा मंसिर २ गते पुर्णीमाको दिन अन्तिम जात्रा लाग्ने ज्वोतिष इन्द्रदेब जोशीले बताउनुभयो । रात्री जात्रालाई पुजाआजा गर्ने, दमाहा बजाउने, खेलहरु खेल्ने र आफन्तहरुसंग भेटघाट गर्ने अवसरका रुपमा लिने गरिएको छ ।

कात्तिक महिना शुरु भएसंगै दार्चुलासहित सुदूरपश्चिमका बैतडी, डडेल्धुरा लगायत जिल्लामा पनि जात्राको रौनकता छाएको छ । भाइटीकाका दिनदेखि सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ । परापूर्वकालदेखि नै कार्तिक शुक्ल पक्षमा देवीदेवताहरुको पूजाआजा गर्ने चलन रहिआएको छ । शरद ऋतु देवीदेवताको पूजाआजा गर्ने समय भएकाले सुदूरपहाडस्थित विभिन्न जिल्लाका शक्तिपीठमा जात्रा लाग्ने गरेको हो । विभिन्न मन्दिरमा रात्री जात्रा सुरु भएसँगै चहलपहल पनि बढेको छ । जात्रामा दर्शनका लागि टाढा रहेका आफन्तहरु र सीमावर्ती क्षेत्रका दर्शनार्थीहरु समेत आउने गरेकाले भेटघाट हुनाका साथै पारिवारिक र सामाजिक सम्बन्ध बलियो हुने गरेको स्थानीयहरु बताउछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?