दार्चुला । काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बद्ली भएको छ । हिजोसम्म आकाश सफा रहे पनि आज बिहानदेखि मौसम हल्का बद्ली भएको हो । वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु भएको र मौसममा आंशिक बद्ली भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
उहाँका अनुसार मौसम बद्ली भए पनि पानी नपर्ने तर अबको तीन दिनसम्म मौसम यस्तै रहनेछ । बिहान र बेलुका मौसम धुम्मिएर चिसो महसुस हुने गरेको भए पनि दिउँसोपख घाम लाग्ने मौसमविद् मानन्धरले बताउनुभयो । केही ठाउँमा कुहिरो लाग्नेछ ।
अरु ठाउँमा भने सामान्यतया मौसम सफा नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया