दार्चुलामा दशैँतिहार लक्षित सहायता कक्षबाट तीन हजार बढीले सेवा पाए

दार्चुला । दार्चुलाका विभिन्न स्थानमा दशैँ तिहार लक्षित गर्दै सञ्चालनमा आएका यात्रु सहायता कक्षबाट तीन हजार भन्दा बढी यात्रुले सेवा पाएका छन् । महाकाली लोकमार्ग क्षेत्रका खलंगा, मालिकार्जुन, गोकुलेश्वर, लटिनाथ लगायत विभिन्न सात स्थानमा सञ्चालन गरिएका यात्रु सहायता कक्ष र सीमा नाकाहरुमा सञ्चालन गरिएका यात्रु सहायता कक्षबाट तीन हजार पाँच सयले सेवा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा सीमा नाका र राजमार्ग क्षेत्रमा सहायता कक्षहरु स्थापना गरिएका थिए । चाडपर्वका वेला यात्रुलाई हैरानी हुन सक्ने भन्दै यात्रुको सजिलोका लागि गत असोज २० गतेदेखि दार्चुला सदरमुकाम खलंगास्थित बसपार्क, गोकुलेश्वर, धाप दत्तु, पस्ती मालिकार्जुन र लटिनाथमा सहायता कक्ष सञ्चालन गरिएका थिए। यस्तै भारतसंग सीमा जोडिएका पुलघाटहरुमा समेत नागरिक सहायता कक्ष स्थापना गरिएका थिए ।

गाडी भाडामा ठगिएका, अलपत्र परेका, मास्क नभएका लगायतका समस्यामा परेका नागरिकलाई यात्रु सहायता कक्षबाट सेवा प्रदान गरिएको थियो । चाडपर्वका बेला बढी भिडभाड हुने भएकोले यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पु¥याउन सहयोग गर्ने हेतुले प्रत्येक वर्ष प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेर सेवा दिँदै आएको छ । सीमा नाकाबाट स्वदेश भित्रिएका नागरिकहरुलाई नागरिक सहायता कक्षबाट सेवा प्रदान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?