दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ८ धापका ६० बर्षीय जोगीराम चुनारा मृत फेला परेका छन् । धापको असिगडा जात्रा हेर्न गएका चुनारा आइतबार गहुँ खेतमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक माधव विश्वकर्माको टोली खटिएको बताइएको छ । चुनाराले अत्यधिक मदिरा सेवन गरेको तथा चिसोले कठ्यांग्रिएर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया